News Portal

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

रातोपोस्ट संवाददाता
३५१ पटक

एजेन्सी, २ पुस । फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २(० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३(० ले हराएको थियो ।

मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

प्रतिकृया दिनुहोस्