News Portal

३६ वर्षपछि मेसीकाे नेतृत्वमा अर्जेन्टिनालाई विश्वकपकाे उपाधि

रातोपोस्ट संवाददाता
३३१ पटक

काठमाडाैं, ३ पुस । लिओनल मेसीकाे तीन गाेलकाे सहयाेगले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुट आउटमा ४–२ गाेलले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेकाे छ।

मेसीले निर्धारित समयमा २ गाेल गर्नुका साथै पेनाल्टीमा एक गाेल गरे। फ्रान्सका लागि केलियन एमबाप्पेले ४ गाेल गरे तर आफ्नाे टिमकाे उपाधिकाे बचाउ गर्न सकेनन्। सन् २०१८ मा फ्रान्सले उपाधि जितेकाे थियाे। निर्धारित समयमा ३–३ गाेल भएपछि खेल पेनाल्टीमा गएकाे थियाे।

अर्जेन्टिना र फ्रान्सबीचकाे राेचक फाइनलमा पहिलाे पेनाल्टी फ्रान्सका लागि केलियन एमबाप्पेले गरेका थिए। तर दाेस्राे पेनाल्टी किन्सले काेमनकाे राेके। अर्जेन्टिनाकाे पहिलाे पेनाल्टी लि‌ओनल मेसीले गरेका थिए। दाेस्राे गाेल पाउलाे डिबालाले गरे।

फ्रान्सले तेस्राे गाेल पनि मिस गर्याे। आउरेलियन चाैउमानीले तेस्राे गाेल मिस गरेका थिए। अर्जेन्टिनाका लागि तेस्राे गाेल लियान्द्राे पारेडेसले गरे। फ्रान्सका लागि चाैथाे गाेल रान्डल काेलाे मानीले गरे। गाेन्जालाे माेन्टियलले अर्जेन्टिनाका लागि गाेल गरेपछि अर्जेन्टिना विजयी भयाे।

यसअघि पहिलाे हाफमा अर्जेन्टिनाले २ गाेलकाे अग्रता बनाएकाे थियाे। २३ मिनेटमा एञ्जल डि मारियालाई डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टीकाे अवसर प्राप्त गरेकाे थियाे। उनले यही अवसरकाे फाइदा उठाउदै पेनाल्टीबाट गाेल गरेका थिए।

अर्जेन्टिनाले दाेस्राे गाेल ३६ मिनेटमा डि मारियाले गरे। फ्रेञ्च खेलाडी आक्रमणमा उत्रिएकाे बेला उनले म्याक एलिस्टरकाे पासमा गाेल गरे। फ्रान्स ८० मिनेटपछि खेलमा फर्कियाे। आन्टाेन ग्रेजमन, ओसमाने डेम्बेले र ओलिभर जिरुडलाई पदस्थापन गरेकाे अवस्थामा एमबाप्पे एक्लैले फ्रान्सलाई जिवन्तता दिलाएका थिए।

उनले ८० मिनेटमा प्राप्त पेनाल्टीलाई गाेलमा परिणत गरे। अर्काे गाेल एक मिनेटपछि नै हान्दै निर्धारित समयकाे खेललाई १० मिनेट अगाडि नै २–२ गाेलकाे बराबरीमा राखे। अतिरिक्त समयमा १ सय ८ मिनेटमा मेसीले गाेल गरे। तर पेनाल्टीबाट एमबाप्पेले १ सय १८ मिनेटमा गाेल फर्काए।

प्रतिकृया दिनुहोस्