News Portal

बारामा गोली हानेर भारतीय नागरिकको हत्या

रातोपोस्ट संवाददाता
२३१ पटक

बारा, ८ पुस । बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ। कलैया गढीमाई जाने बाटोमा पर्ने महागढीमाई नगरपालिका-२ भुतही पुल नजिक शुक्रबार साँझ करिब ६ बजे भारतको छौडादानो पिप्राका ४५ वर्षीय शिवपुजन यादवको गोली हत्या भएको हो।

खाजा खाएर होटलबाट निस्केका यादवलाई दुई वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले भारतीय नागरिक यादव माथी गोली प्रहार गरेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

गम्भीर घाइते यादवलाई उपचारका लागि बाराको नौतन स्थित एल.एस.न्युरो अस्पतालमा ल्याइएकोमा बाटामै साढे ६ बजे मृत्यु भएको उनले बताए । यादवको छातीमा गोली लागेको थियो।

घटनामा संलग्न व्यक्तिको खोजीको लागि चारैतिर प्रहरी परिचालन गरिएको तथा यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेकोले नेपालमा उनी लुकेर आफन्तको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)