News Portal

मेचीनगरमा गोकुल मार्ग कालोपत्र गर्ने विषयमा सरोकारवालासंग छलफल

रातोपोस्ट संवाददाता
२५० पटक

झापा, १३ पुस । झापाकाे मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाँउमा बोलाएर सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल अगाडी बढाइएको हो ।

सरोकारवाला संगको छलफलमा मेचीनगर नगर प्रमुख बुढाथोकीसहित निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर १,२ र १५ का वडाध्यक्षहरु राजेन्द्र राई, दिपक बराल र गुणराज भट्टराई, मेचीनगर पूर्वधार विकास समिति संयोजक चित्र धिमाल, डिई, ठेकेदारलगायत स्थानीयको उपस्थिती रहेको थियो ।

गोकुलमार्ग अन्तर्गत मेचीनगर १५ स्थित फडानी देखि बौद्धमोड हुँदै मेचीनगर १ नम्बर क्षेत्रसम्म कालोपत्र हुने छ ।

प्रतिकृया दिनुहोस्