News Portal

कर्मचारीतन्त्र हाबी हुँदा जनताले दुःख पाए : नगर प्रमुख बुढाथोकी

रातोपोस्ट संवाददाता
१९३ पटक

झापा, २३ पुस । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाभित्र कर्मचारीतन्त्र हाबी हुँदा जनताले दुःख पाएको भन्दै अब ती कर्मचारीलाई आवश्यक कारबाही गरिने बताएका छन् । उनले केही जब्बर कर्मचारीले जनताको काम गर्न अवरोध गर्दा मेचीनगरमा जनताको अपेक्षा अनुरूप काम गर्न समस्या सिर्जना भएको बताए ।

काँकडभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभाको उद्घाटन सभामा बोल्दै नगरप्रमुख बुढाथोकीले केही जब्बर कर्मचारीका कारण नागरिकले सहज रुपमा सेवा प्राप्त गर्न नपाइरहेको बताए । उनले अब आफ्नो स्वार्थका लागि जनताको काम नगर्ने विभिन्न बहानामा काममा अवरोध गर्दै दुःख दिने कर्मचारीको दिन गएको बताए ।

सरकारी तलब खाने अनि जनताको काम नगर्ने नगरका केही जब्बर कर्मचारीले जनप्रतिनिधिलाई समेत नटेर्ने, विकास निर्माण, योजना, लेखा लगायतका काममा आलटाल गर्ने गरिरहेको भन्दै अब ती कर्मचारी नसुध्रिए कारबाही गर्ने बताए ।

प्रतिकृया दिनुहोस्