News Portal

मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सदस्यमा ज्ञानेन्द्र निराैला निर्वाचित

रातोपोस्ट संवाददाता
२०९ पटक

झापा, ३० पुस । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सदस्यमा ज्ञानेन्द्र निराैला चयन भएका छन् । नवलपरासीको भुमहीमा शनिबार सम्पन्न समाजको पच्चिसौं राष्ट्रिय परिषदले सञ्चारकर्मी निराैलालाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको हो ।

समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् । निवार्चनमा सुशील बस्नेतलाई पराजित गर्दै बराल सभापतिमा निवाचित भएका हुन्। त्यसैगरी वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल विजयी भएका छन्। रावलले श्यामसुन्दर पराजुलीलाई पराजित गरेका छन् । समाजको उपसभापतिमा राजेन्द्र पौडेल, उपसभापति (महिला) पुष्पा मल्ल र महासचिवमा रेनुका पौडेल निर्वाचित भएका छन् ।

समाजको १ नम्बर प्रदेश सचिवमा लक्ष्मीनारायण मिश्र, मधेस प्रदेश सचिवमा अमर गौतम, बागमती प्रदेशमा चन्द्रमणि बन्जारा, गन्डकी प्रदेशमा सिताराम तिवारी, लुम्बिनीमा सन्तोष अधिकारी छेत्री, कर्णालीमा प्रकाश शाही, सुदूरपश्चिममा भक्तबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै सचिव (महिला) मिना ढकाल , सचिव (जनजाति)मा रामप्रसाद जोशी, सचिव (मधेसी) सन्तोषकुमार रौनियार, सचिव (दलित) मा निर्मल नेपाली चयन भएका छन् ।

समाजको अन्य केन्द्रीय सदस्यमा नम्रता खरेल, क्षमादेवी अधिकारी, मिरादेवी अधिकारी, फुलु सुनार, विनोदकुमार अधिकारी, डीपी खनाल, देवराज भट्टराई ,दिल्लीप्रसाद जैसी , तुल्सीराम सुनार निर्वाचित भएका छन् । समितिको कार्यकाल २ वर्षको रहनेछ ।

प्रतिकृया दिनुहोस्