झापा, १ माघ । झापाकाे दमक -६ स्थित नमुना वजारमा रहेका नौ वटा पसलमा आगलागी हुदाँ लाखौं मूल्य बरावरको क्षति भएको छ ।वडाअध्यक्ष टेकबहादुर थापाका अनुसार आज विहान करिव २ वजेतिर अचानक आगलागी हुदाँ पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएको थियो । मुख्य वजारका ती ठाँउमा जुत्ता तथा कपडाका पसलहरु रहेका थिए । आगलागीबाट लाखौ मूल्यको क्षति भएको हुन सक्ने प्रारिम्भक अनुमान छ ।
आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण समानहरु नष्ट भएको उनले बताए । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन् ।
आगलागी विद्युत सर्ट भई लागेको हुन सक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण संकलन गर्ने कार्यभईरहेको उनले जानकारी दिए ।
आगलागी दमकसहित कमल,गौरादह, कानेपोखरी लगायतका बारुणयन्त्र,प्रहरी तथा स्थानीयको प्रयासमा करिव ३ घण्टा पछि नियन्त्रणमा आएको थियो ।
दमकको नमुना वजारमा आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट
रातोपोस्ट संवाददाता
- सामुदायिक वनको फुटबल सुरु : बहुवन र कालिकाको विजयी सुरुवात
- वन स्तरीय फुटल : चन्द्रगढी र ईराैटार सामुदायिक वन विजयी
- वन स्तरीय फुटवलमा मागुमाडी र पाँचपोखरी विजयी
- मेची नदीले बगाउँदा एक महिलाको मृत्यु
- काँकरभिट्टामा यात्रु सहायता कक्षः उद्घाटन भव्य, अहिले अलपत्र
- काँकरभिट्टा बसपार्कमा यात्रु सहायता कक्ष
- धुलाबारीमा फुटबल प्रतियोगिता हुने
- मिडिया कपको उपाधि दमकलाई
- दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
- बडादशैं सुरु : आज घटस्थापना, कति बेला छ उत्तम साइत ?