News Portal

पत्रकार त्रिभुवन पौडेल विमान दुर्घटना परी निधन

रातोपोस्ट संवाददाता
३२५ पटक

पाेखरा, १ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ ।

करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक छन् । कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टी गरेको छ । उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन । विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । हालसम्म ६४ शव निकालिएको छ ।

प्रतिकृया दिनुहोस्