News Portal

दुर्घटनामा परेका यात्रुका आफन्तलाई पोखराको होटलमा बासको व्यवस्था

रातोपोस्ट संवाददाता
२५४ पटक

काठमाडौं, १ माघ । पोखरामा दुर्घटना भएको यात्रुका आफन्तको लागि नागरिक उड्डयन प्राधिकरणले होटल लेकालीमा निःशुल्क बास बस्ने व्यवस्था गरेको छ । गण्डकी अस्पताल नजिकै रहेको होटल लेकालीमा यात्रुका आफन्तहरुको लागि व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

यस्तै दुर्घटना भएको जहाजका यात्रुको बारेमा राम लामिछानेलाई ९८०२८२८८०० मा, बास बस्ने स्थानको बारेमा राजिव गुरुङलाई ९८५६०४४९१४ मा, अस्पतालमा आवश्यक सहयोग र समन्वयको लागि हर्क रावललाई ९८०२८११२२२मा र ९८०२८१२१११ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्