News Portal

विमान दुर्घटनाका मृतकको शव भोलि परिवारलाई बुझाइने

रातोपोस्ट संवाददाता
३२७ पटक

पोखरा, १ माघ । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव सोमबार परिवारलाई बुझाइने भएको छ ।

संकलन भएका शव पहिचान भएपछि आवश्यक प्रक्रिया पुरा गरेर सम्बिन्धत परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आइतबार साँझ प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।

पोखरा ७ र पोखरा–१५ छुट्याउने सेती नदीको खोँचमा ७२ जना सवार यती एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । आइतबार साँझसम्म ६८ जनाको शव संकलन भएको छ ।

प्रतिकृया दिनुहोस्