News Portal

यती एयर दुर्घटनाः चिकित्सक दम्पतीको पनि मृत्यु

रातोपोस्ट संवाददाता
२७४ पटक

पोखरा, १ माघ । आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडान भरेको विमान दुर्घटनामा दुई चिकित्सकले ज्यान गुमाएका छन् । ज्यान गुमाउने चिकित्सक दम्पतीमा राष्ट्रिय ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ हुन् । उनकी श्रीमती सोना दिवारकले पनि यो दुर्घटनामा ज्यान गुमाएकी छिन् ।

उनीहरुसँगै पोखरा गएका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।

प्रतिकृया दिनुहोस्