News Portal

मेचीनगरमा जाडो बिदा ३ दिन थप भयाे

रातोपोस्ट संवाददाता
३९१ पटक

झापा, ३ माघ । झापाको मेचीनगर नगरपलिकाले जाडो बिदा तीन दिन थप गरेको छ । गत पुष २६ गतेदेखि माघ ३ गतेसम्म जाडो बिदा दिएको नगरले चिसो हुने क्रम बढेपछि थप ३ दिन बिदा थप गरेको हो ।

आज मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सुचना जारी गर्दै नगरबाट सञ्चालित बिद्यालयहरुलाई बर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरि माघ ४ गतेदेखि माघ ६ गतेसम्म थप ३ दिन बिदा दिन भनेर विज्ञप्ति जारी गरेकाे छ ।

तराईमा जाडोसँगै शीतलहर बढिरहेका कारणले बिद्यालयको शिक्षण सिकाइमा पर्न गएको प्रभावलाई मध्यनजर गर्दै बिदा थप गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्