झापा, ६ माघ । झापाकाे मेचीनगरमा शुक्रबार दुई जना पत्रकार सम्मानित भएका छन् । मेची उधाेग वाणिज्य संघकाे १८ औं वार्षिक साधारण सभामा झापाका पत्रकारद्वय मुक्ति पाैडेल र राेहित काफ्ले सम्मानित भएका हुन् ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पाैडेल र काफ्लेलाई नगद १५ हजार रुपैयाँ र प्रशंसापत्रसहित सम्मान गरिएकाे हाे ।
मेची उधाेग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाकाे अध्यक्षतामा भएको साधारणसभामा १ नम्बर प्रदेशका विना विभागीय मन्त्री तिलकुमार मेन्याङ्बाेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा प्रदेश नं.१ प्रदेशसभा सदस्य सबिना बजगाई, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली कांग्रेस नगर सभापति शुदय पनेरु,नेकपा एमाले पार्टीका टिका मग्रराति, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु नरेन्द्र खड्का, केशवराज पाण्डे, विजय डालमिया, पंकजबिक्रम नेम्बाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखएसपी दुर्गाराज रेग्मीलगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।