झापा, ६ माघ । मेची भन्सार कार्यालयले ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरेको छ । भन्सार कार्यालयले दिवसका अवसरमा काँकरभिट्टा जिल्ला स्थरीय पुरुष व्याडमिन्टन प्रतियोगिता आयाेजना गरेकाे हाे ।
मेची भन्सार कार्यालय झापाको मुख्य आयोजना रहेकाे प्रतियोगिता भन्सार एजेण्ट संघको प्रायोजक रहेकाे हाे । आज मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक र मेचीनगर- ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्गले सयुक्त रुपमा खेलकाे उद्वघाटन गरेका थिए ।
प्रतियोगिता मेची व्याडमिन्टन क्लबको स्थानीय प्राविधिक व्यवस्थापनमा रहेकाे थियाे । कार्यालयमा मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, शस्त्र प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख, इलाका प्रहरी कार्यलयका प्रमुख ज्ञानकुमार महतलगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुकाे उपस्थित रहेकाे थियाे । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दाेस्राे हुनेले १५ हजार र तेस्राेले १० हजार पुरस्कारको व्यवस्था राखिएको आयोजक जानकारी दिएकाे छ ।