News Portal

धुलाबारीमा जिल्ला स्थरीय कराते छनाैट प्रतियोगिता सम्पन्न

रातोपोस्ट संवाददाता
७१६ पटक

झापा, ७ माघ । झापाकाे मेचीनगरमा सञ्चालित जिल्ला स्तरीय कराते छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मेचीनगरको धुलाबारी कराते एकेडेमीमा जिल्ला स्तरीय कराते छनौट प्रतियोगिता सम्पन्न भएको छ । दाेस्राे कृष्णप्रसाद भट्टराई करातेको आयोजनामा उक्त प्रतियोगिता समापनको अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले विजयी खेलाडिहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । अध्यक्ष भण्डारीले खेलकुदकाे विकासकाे निम्ति जिल्लाकाे तर्फबाट सक्दाे सहयाेग रहने बताएका थिए ।

झापा जिल्ला टेक्निकल कमिटीका अध्यक्ष बद्री विष्टकाे अध्यक्षतामा सम्पन्न समापन भएकाे कार्यक्रममा सञ्चालन झापा जिल्ला कराते संघका अध्यक्ष मिलनराज प्रसाइले गरेका थिए ।

महिलातर्फ प्रथम हुनेहरु ४५ किलो तौल समुहमा प्रियका राई (विर्तामोड ), ५० किलो तौल समुहमा लिला श्रेष्ठ (कन्काई ), ५५ किलो तौल समुहमा मनिसा राई ( कन्काइ), ६१ किलाे ताैल समुहमा गुरास लिम्बू (अजुर्नधारा) ६८ केजी ताैल समुहमा लक्ष्मी मगर (विर्तामोड ) र ६८ केजी भन्दा माथि ताैल समुहमा एलिजा घिमिरे (बुधबारे) रहेका छन् ।

त्यसैगरि पुरुष तर्फ प्रथम हुनेमा ५० किलो तौल समुहमा विशाल राई (विर्तामोड ), ५५ किलो तौल समुहमा सहिल घिमिरे ( धुलाबारी ), ६० किलो तौल समुहमा प्रदीप तामाङ, ६७ किलाे ताैल समुहमा दीपक कोईराला( धुलाबारी ) ७५ केजी ताैल समुहमा अमिर राई (बुधबारे) ८४ केजी ताैल समुहमा सुमन चिमरीया (अजुर्नधारा) र ८४ केजी ताैल समुह भन्दा माथि विक्रम विक (दमक) रहेका छन् । कातामा महिला तर्फ प्रथम लीला श्रेष्ठ (कनकाई) र पुरुषतर्फ साहिल घिमिरे (धुलाबारी) प्रथम भएका छन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेका खेलाडिहरुले माघ २१ गते विर्तामोडमा हुने प्रदेश स्थरीय कराते प्रतियोगितामा सहभागिता जनाउने संघका जिल्ला अध्यक्ष मिलन प्रसाइले जानकारी दिए । कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ कराते प्रशिक्षक कालु मेचेले राखेका थिए ।

प्रतिकृया दिनुहोस्