News Portal

  • बुधबारेबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

    रातोपोस्ट संवाददाता
    २७ पटक

    झापा, ९ माघ । झापाकाे बुधबारेमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन् ।

    बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा आइतबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ जाँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाइछिपाई ल्याउँदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)