News Portal

कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

रातोपोस्ट संवाददाता
१४९ पटक

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । ​कांग्रेस संसदीय दलले पठाएको पत्रको जवाफ दिँदै संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रतिपक्षी दलको मान्यता पाएको जानकारी गराएका हुन् ।

सचिवालयले सभापति शेरबहादुर देउवाको नामै तोकेर प्रमुख विपक्षी दलको नेताले पाउने सेवा सुविधासमेत जानकारी गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा कांग्रेसले मत हालेको भन्दै कांग्रेसलाई सरकार पक्ष भनिँदै आएको थियो । देउवाले विपक्षी दलको हैसियत पाएसँगै यो सबै टुंगिएको छ ।

प्रतिकृया दिनुहोस्