News Portal

भद्रपुर झापा गोल्डकपकाे प्रथम पुरस्कार १३ लाख ढकाल परिवारले दिने

रातोपोस्ट संवाददाता
१७२ पटक

झापा, १० माघ । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ढकाल परिवारले दिने भएका छन् । मेची रङ्गशालामा फागुन ७ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रु १३ लाख राखिएको छ ।

सो प्रथम राशिको पुरस्कार सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, प्रदेश नम्बर १ उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा गोल्डकप आयोजक समितिका सल्लाहकार टिकाराज ढकाल र हेरिटेज चिया उद्योगका प्रोप्राइटर, हेरिटेज मेट्रेस (कार्पेट) फर्म उद्योग प्रालिका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य हेमराज ढकालले स्व. माता रामरेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा दिने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

त्यस्तै यस्तै पराजुली टी इण्डष्ट्रीज, त्रिशक्ति ग्यास तथा पराजुली वायोमेक्स इण्डष्ट्रीज प्रालिका मेनेजिङ्ग डाइरेक्टर तथा गोल्डकप आयोजक समितिका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले पाँच लाख पाँच हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

भद्रपुर नगरपालिकाको संरक्षकत्व र झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा २०७९ फाल्गुण ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता हुँदैछ। विजेतालाई मोफसलकै सर्वाधिक नगद पुरस्कार १३ लाख र उपविजेतालाई ७ लाख रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। प्रतियोगितामा नेपाल र भारतका ए डिभिजन क्लबका साथै भुटान र भारतका गरी १० वटा टिमले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्