News Portal

  • रविले आइतबार नै लिन सक्छन् नागरिकता, उपनिर्वाचन लड्न पाउँछन्

    रातोपोस्ट संवाददाता
    ८४ पटक

    काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको फैसलासँगै गैरनागरिक बनेका रवि लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्त गर्न सक्नेछन् । उनले यसअघि नै अमेरिकी नागरिकता र पोसपोर्ट त्यागि सकेकाले नागरिकता प्राप्त गर्न योग्य छन्। तर यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ। ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ।

    अमेरिकी पासपोर्ट र नागरिकता त्यागेको प्रमाण यसअघि नै अध्यागमन विभागमा बुझाएको दाबी गरे पनि सर्वोच्चले त्यसलाई मान्यता नदिएको हो । उनले नागरिकता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमै प्रक्रिया पूरा गर्नु पर्नेछ। पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नं २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै । रविले दोहोरो नागरिकता लिएको, पासपोर्ट लगायतका विषयमा भने अझै पनि छानबिन हुने सम्भावना छ।

    सर्वोच्चको फैसलाले अब ती कसुरमा पनि छानबिन गर्न बाटो खुलेको छ। अन्य कसुरले बन्देज नगरे नागरिकताकै कारण भने उनलाई उपनिर्वाचनमा सहभागी हुन बाधा पर्ने छैन । नेपाली नागरिकता नहुँदा उनको सांसद पद गुमेको छ भने उपप्रधान तथा गृहमन्त्रीबाट पनि राजीनामा दिइसकेका छन्। रास्वपाको सभापति पनि रहने छैनन्। तर नागरिकता लिइसकेपछि यी सबै पदमा उनी पुनः फर्किने बाटो भने कायम छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)