News Portal

बिर्तामोडमा प्रतिबन्धित तीन सय किलो माछा नष्ट

रातोपोस्ट संवाददाता
१५६ पटक

झापा, १४ माघ । झापाकाे बिर्तामोड नगर प्रहरीद्वारा जफत गरिएको प्रतिबन्धित ३ सय किलो माछा नष्ट गरिएको छ । नगर प्रहरीले पश्चिम स्टेण्ड छेउमा रहेको प्रभु माछा पसलमा रहु, पंगास र पम्प्लेट जातका मरेका माछा भारतबाट ल्याएर विक्री गरिरहेको सूचनाका आधारमा शुक्रवार जफत गरेको थियो ।

उक्त माछा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको रोहबरमा माछा पालक कृषक सहिको उपस्थितिमा सैनिकमोड छेउमा खाल्डो खनेर पुरिएको छ । नगर उपप्रमुख संग्रौलाले माछा व्यवसायी अर्जुन सहनीले भारतबाट माछा ल्याएर विक्री गरिहेको पाइएको र सहनीलाई यसअघि पनि पटक–पटक सचेत गराएको कारण अब कानूनी कारबाही गरिने बताए ।

बिर्तामोड नगर प्रहरीले यसअघि पनि सहनीको माछा पक्राउ गरि नष्ट गरेको थियो । बिर्तामोडमा भारतबाट आयात गरिएका मरेका माछा बेच्न पुर्णरुपमा प्रतिवन्ध छ ।

प्रतिकृया दिनुहोस्