News Portal

धनकुटा महोत्सवको भीडमा च्यापिएर दर्जनौँ घाइते

रातोपोस्ट संवाददाता
१७६ पटक

धनकुटा, १४ माघ । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भीड बढेपछि च्यापिएर दर्जनौँ मानिस घाइते भरका छन् । महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने कार्यक्रम थियो । ‘कन्सर्ट’ हेर्नेको अत्यधिक भीडका कारण दर्जनौं दर्शक घाइते भएको प्रहरीले जनाएको छ।

धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा छिर्नका लागि ठेलमठेल भीड भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन् । घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको र केहीको धनकुटा अस्पतालमै उपचार भइरहेको छ ।

मेलामा भागदौड भएपछि महोत्सवका सबै कार्यक्रम स्थगित भएको आयोजकले जनाएको छ । गत माघ ६ गते उद्घाटन भएको उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो ।

प्रतिकृया दिनुहोस्