News Portal

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै

रातोपोस्ट संवाददाता
२१० पटक

काठमाडौं, १७ माघ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले देशको आर्थिक समस्या समाधानको माग गर्दै अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासचिव डा. बेदुराम भुषालका अनुसार आज मंगलबार बिहान ९ बजेपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको हो ।

अध्यक्ष नेपालको नेतृत्वमा जाने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए । मुलुक चरम आर्थिक संकटमा परेको, बैंकको ब्याजदरमा असमान बृदि भएपछि सर्वसाधरण नेपाली जनतालाई सास्ती भएको भन्दै सो दलले विद्यमान समस्या सामधानसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए ।

प्रतिकृया दिनुहोस्