News Portal

आज मेची उद्योग वाणिज्य संघको चुनाव : अध्यक्षमा प्रसाई र निरौला बिच प्रतिस्पर्धा हुँदै

रातोपोस्ट संवाददाता
१५९ पटक

झापा, माघ २१ । आज मेची उद्योग वाणिज्य संघ मेचीनगरको चुनाव हुँदैछ । आगामी ३ बर्ष कार्यकालका लागि हुन लागेको चुनावमा १६ पदका लागि ३३ जना उम्मेद्वार चुनावी मैदानमा छन ।

मेचीनगरका व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको बाणिज्य संघको आज बिहान ८ बजेदेखि शुरु हुने चुनावमा दलीय उम्मेद्वारहरु आमने सामने हुँदैछ । नेपाली काँग्रेसको एकल प्यानलबाट मोहन निरौला अध्यक्ष, कपिल क्षेत्र (किसोर) बरिष्ठ उपाध्यक्ष, भुमि पौडेल र कञ्चन बराल उपाध्यक्ष, निर्माला चौहान भण्डारी महिला उपाध्यक्ष र उदयकुमार श्रेष्ठ महासचिवको उम्मेद्वार रहेका छन् । त्यसैगरी नेकपा एमाले नेतृत्वको ६ दलीय गठबन्धनको तर्फबाट अध्यक्षमा एमालेका खेमराज प्रसाई, बरिष्ठ उपाध्यक्षमा माओवादी केन्द्रका पन्नालाल जैन, उपाध्यक्षमा एमालेका आनन्द खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका भिम कुँवर, महिला उपाध्यक्षमा राप्रपाका सुनिता शर्मा र महासचिवमा एमालेका दिनेश शाक्य उम्मेद्वार रहेका छन् ।

संघको बरिष्ठ उपाध्यक्ष पदमा दलीय उम्मेद्वार बिरुद्ध बिद्रोह गर्दै मेचीनगर- ९ का युवा व्यवसायी हरिप्रसाद कोईरालाकाे उम्मेद्वार रहेकाे छ । धुलाबारीस्थीत राधास्वामी सत्संग भवनमा हुने निर्वाचनमा संघका १ हजार ७ सय ६८ जना मतदाता रहेकाे निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्