झापा, २१ माघ । मेची उद्योग वाणिज्य संघको ७ औँ कार्यसमिति चयनका लागि निर्वाचन सुरु भएकाे छ। संघको नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि मतदान प्रक्रिया समेत सुरु भएको हाे । संघको अध्यक्ष पदका लागि खेम प्रसाई र माेहन निराैला प्रतिस्पर्धा गर्दैछन् । मतदान मेचीनगर- १० स्तित राधास्वामीकाे सभाहलमा भइरहेको छ । निर्वाचन समितिका अनुसार एकैपटक १४ जनाले मतदान गर्नेगरी बुथ व्यवस्थापन गरिएको छ ।
काँग्रेस र साझा गठवन्धन निकट व्यवसायी विच चुनावी प्रतिस्पर्धा भएकाे छ । प्रसाई एमाले सहित साझा गठवन्धन समुहका अध्यक्ष हुन भने निराैला काँग्रेस निकट व्यवसायीका अध्यक्ष हुन् । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा व्यवसायी छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । आगामी ३ बर्ष कार्यकालका लागि हुन लागेको चुनावमा १६ पदका लागि ३३ जना उम्मेद्वार चुनावी मैदानमा छन ।
मेची उद्योग वाणिज्य संघको चुनाव सुरु
रातोपोस्ट संवाददाता
- बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन
- भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै
- थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न
- मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु
- झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस
- हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेटको आज फाइनल खेल हुँदै
- मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन
- सुपर सिक्स क्रिकेट प्रतियोगितामा धुलाबारी टाइगर्स च्याम्पियन