News Portal

बाहुण्डागीँ जेसीजको अध्यक्षमा केवल निरौला चयन

रातोपोस्ट संवाददाता
१८७ पटक

मेचीनगर, २९ माघ । बाहुण्डागीँ जेसीजको अध्यक्षमा केवल निरौला सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार जेसीजको १२ औँ वार्षिक साधारण सभाले बर्ष २०२३ का लागि निरौलालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्ष पदमा सामुल राय र सुस्मिता खतिवडा चयन भएका छन् भने उपाध्यक्ष पदमा केदार सुनुवार, सागर भारती, बिदात गिरी र चित्र बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महासचिव, कोषाध्यक्ष लगायतका पद भने नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने छन् ।

प्रतिकृया दिनुहोस्