झापा, १ फागुन । झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामा धुलाबारी बजार क्षेत्र विजयी भएको छ ।
साेमवार स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा भएको खेलमा फार्म सात पाखे क्षेत्रलाई ४-० को फराकिलो गोल अन्तरले धुलाबारी बजार क्षेत्र विजयी भएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए । धुलाबारी बजार क्षेत्रको तर्फबाट रन्जित लिम्बूले २ गोल, इन्चार्ज लिम्बूले १ गाेल र सन्देश राईले १ गाेल गरेका थिए ।
प्रतियोगिताका उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई विजयी गराउन सफल जिवेता टिमका रन्जित लिम्बू म्यान अफ द म्याच घोषित भए । उनलाई धुलाबारी २०२३ जेसिजका उपाध्यक्ष शिशिर पाेखरेलले नगद एक हजारसहित ट्रफि र मेडल प्रदान गरे ।
वडा खेलकुद विकास समिति मेचीनगर- ९ ले आयोजना गरेको प्रतियोगितामा वडाका विभिन्न ९ वटा टिमकाे सहभागीता रहेकाे छ । फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । मंगलबारको खेल चियावल्नी गाउँ क्षेत्र र हिमालयन झरना क्षेत्र दिउसाे ३ बजे हुने वडा खेलकुद विकास समितिका संयोजक राजन खड्काले जानकारी दिए ।
आईतवार (हिजाे) भएकाे खेलमा विजयी झापा लिला बस्ती क्षेत्रलाई हिमालयन झरना क्षेत्रले प्रोटेस हालेले समितिकाे निर्णय अनुसार आवश्यक कागजपत्र पुरा नगरेकाे हुनाले हिमालयन क्षेत्रलाई विजयी घाेषणा गरिएकाे खेलकुद विकास समितिका सचिव धिमालले जानकारी दिए ।