News Portal

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता गराउन माग

रातोपोस्ट संवाददाता
२३५ पटक

काठमाडौं, २ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आगामी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गरेको छ।

अनेरास्ववियुले मंगलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। विद्यार्थी समुदायको हकहितका साथै सबै आन्दोलनमा महिलाको सहभागिता एवं भूमिका महत्त्वपूर्ण रहेको अनेरास्ववियुले जनाएको छ।

‘नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य अथवा ३३ प्रतिशत सुनिश्चित गरेको अवस्था छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यस कारण स्ववियू निर्वाचनमा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चतता गराउँदै ५० प्रतिशत महिला अनिवार्य सहभागिता हुनुपर्ने विषयमा हाम्रो संगठन जोडदार माग गर्दछ।’ स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ।

प्रतिकृया दिनुहोस्