News Portal

नवज्याेति फुटबल कप : आज जिर्मले फुटबल क्लब र न्यू स्टार बीच खेल हुदैँ

रातोपोस्ट संवाददाता
३१७ पटक

मेचीनगर, ३ फागुन । ब्रदर्श युनाइटेड चन्द्रगढी उत्कृष्ट जित निकाल्दै मेचीनगरमा जारी नवज्योति फुटबल कपको अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा रोलिङ्ग क्लब धुलाबारीलाई ३-१ गोलअन्तरले हराउँदै चन्द्रगढी अघिल्लो चरणमा स्थान बनाउन सफल बनेको हो ।

खेलको ३६ औँ मिनेटमा शक्ति राईको पहिलो गोल मार्फत चन्द्रगढीले अग्रता लिएको थियो । तर खेलको ४१ औँ मिनेटमा रोलिङ्गका सन्तोष परियारले फर्काएको गोलले खेल बराबरीमा पुग्यो । अत्यन्तै रोमाञ्चक बनेको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा गोल गर्दै चन्द्रगढी बिजयी बनेको हो ।

चन्द्रगढीलाई बिजयी बनाउन ५८ औँ र ७३ औँ मिनेटमा संजिव गिरिले २ गोल गरे । खेलमा लगातार २ गोल गर्न सफल उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । प्रतियोगिता अन्तर्गत आजबाट दोस्रो चरणका खेल शुरु हुदैँछन् । बुधबार जिर्मले फुटबल क्लब इलाम र न्यू स्टार बुद्धशान्ति मैदानमा उत्रदैँछन् ।

प्रतिकृया दिनुहोस्