News Portal

प्रथम वडा अध्यक्ष कप : माथिल्लो मागुरमाडी विजयी

रातोपोस्ट संवाददाता
५२२ पटक

झापा, ४ फागुन । पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामा माथिल्लो मागुरमाडी फाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा चियावल्नी क्षेत्र विरुद्ध पेनाल्टी मार्फत ५- ३ गोलअन्तरको जित निकाल्दै मागुरमाडी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल पेनाल्टी तर्फ गएको थियो । खेलको ४ औँ मिनेटमा गोल गर्दै मागुरमाडीका सुनिल मगरले टिमलाई अग्रता दिलाएका थिए ।

३६ औँ मिनेटमा चियावल्नी क्षेत्रका शितल सुब्बाले गरेको गोल मार्फत खेल बराबरी हुन पुग्यो । अन्तत निर्धारित समयमा बराबर बनेको खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिनु परेको थियो । पेनाल्टी सुट आउटबाट माथिल्लो मागुरमाडी विजयी भएको थियो । प्रतियोगिताका उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई विजयी गराउन सफल विजेता टिमका खेलाडी सुनिल मगर म्यान अफ द म्याच घोषित भए । उनलाई धुलाबारी जिसिजका उपाध्यक्ष श्याम शिवाकोटीले नगदसहित ट्रफि र मेडल प्रदान गरेको वडा खेलकुद विकास समिति सचिव राजु धिमालले जानकारी दिए । ।

वडा खेलकुद विकास समिति मेचीनगर- ९ ले आयोजना गरेको प्रतियोगितामा वडाका विभिन्न ९ वटा टिमकाे सहभागीता रहेकाे थियाे । फाइनल खेल धुलाबारी बजार क्षेत्र र आजकाे विजेता टिम विच फागुन ६ गते शुक्रबार ३ बजे हुने छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्