रातोपोस्ट संवाददाता

झापा, ५ फागुन । धुलाबारी बजार क्षेत्र र माथिल्लो मागुरमाडी प्रथम वडा अध्यक्ष कपकाे फाइनलमा आज आमने–सामने हुदै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिदै छन्। आजकाे फाइनल खेल दिउँसो ३ बजेदेखि कवि शिरोमणी माविको खेलमैदानमा सुरु हुने आयोजकका वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए । वडा खेलकुद विकास समिति मेचीनगर- ९ काे आयोजनामा माघ २७ गतेदेखि सुरुभएकाे फुटबल प्रतियोगितामा वडाका विभिन्न ९ वटा टिमकाे सहभागीता रहेकाे थियाे । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । फाइनल खेलमा आज विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयाेजकले जानकारी दिएकाे छ।