News Portal

भद्रपुर झापा गोल्डकप आजदेखि सुरु, उद्घाटन खेल आयोजक र भारतकाे जयगाँउ फुटबल क्लबबीच हुँदै

रातोपोस्ट संवाददाता
२१२ पटक

झापा, ७ फागुन । १८ वर्षपछि भद्रपुरस्थित मेची रंगशालामा आजदेखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारत जयगाँउ फुटबल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिएका छन् ।

फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्ससहित विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज, संकटा क्लब सहभागी हुनेछ । विदेशी टिमहरू जगगाँउ भारत, डुक ल्हासुल भुटान र काउर्न बाजार प्रगति संघ एफसी बंगलादेशको सहभागिता रहने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

दैनिक २० हजार दर्शन अटाउने गरी स्थायी प्याराफिट र अस्थायी बाँसे प्याराफिट निर्माण गरिएको छ । नगर क्षेत्रका विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्तलाई निःशुल्क गोल्डकप हेराइने छ । गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइने आयोजक समितिका उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । गोल्डकपको मुख्य प्रयोजक मुस्ताङ बयर रहेको छ । गोल्डकप सञ्चालनका लागि नगरपालिकाले ३० लाख, सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले १० रुपैयाँ दिएको छ ।

प्रथम पुरस्कार सार्क च्यामबर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, प्रदेश नम्बर १ उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टिकाराज ढकाल र हेरिटेज चिया उद्योगका प्रोप्राइटर, हेरिटेज मेट्रेस (कार्पेट) फर्म उद्योग प्रालिका अध्यक्ष हेमराज ढकालले स्व.माता राम रेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा दिने घोषणा गरेका छन् भने दोस्रो पुरस्कार सूर्य प्याई उद्योगले दिने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गर्ने जनाइएको छ । गोल्डकपलाई हाम्रो भन्दा राम्रो नारा दिएको र सोही बमोजिम ओझेलको परेको मेची रंगशालालाई मर्मत सम्भार र रंगरोगन गरी नयाँ बेहुली झैँ सिँगारिएको छ ।

‘भद्रपुर नगरपालिकाको संरक्षणमा सञ्चालन हुन लागेको गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको छ

प्रतिकृया दिनुहोस्