News Portal

पलले पाए सफाइ, भोलि रिहा हुने

रातोपोस्ट संवाददाता
२७३ पटक

काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। सफाइ पाएपछि उनी भोलि रिहाई हुनेछन्।

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आज उच्च अदालतले सफाइ दिएको हो। न्यायाधीशद्धय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

पललाई नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियोभने तनहुँ जिल्ला अदालतले निर्दोष ठहर गरेको थियो। उनी नवलपुर जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरा गएका थिए।

प्रतिकृया दिनुहोस्