रातोपोस्ट संवाददाता
काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः थुनामा राख्न नपर्ने आदेश गरेको छ । उनलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति समेत अदालतले दिएकाे छ ।
नाबालिग बलात्कारको अभियोग खेपिरहेका सन्दीपलाई उच्च अदालत पाटनले कडा सर्तससहित धरौटीमा रिहा गर्ने आदेश दिएकाे थियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो ।
पाटन अदालतले विदेश जान रोक लगाएपछि सन्दीपले पनि सर्वाेच्चमा पुनरावेदन गरेका थिए । दुवै पुनरावेदनको एक साथ सुनुवाइपछि आज सर्वाेच्चकाे आदेश आएकाे हाे । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो ।