News Portal

मेचीनगरमा ५४ हजार बढीले खाए हात्तीपाइले विरुद्धको औषधि

रातोपोस्ट संवाददाता
२३३ पटक

मेचीनगर, १६ फागुन । झापाकाे मेचीनगरमा ५४ हजार भन्दा धेरै नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् ।

नगर स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार ६ दिनमा ५४ हजार १ सय ९१ जनाले औषधि सेवन गरेका हुन् । नगरमा गत ११ गतेदेखि आम औषधि सेवन अभियान शुरु भएको थियो ।

स्वास्थ्य शाखाका अनुसार नगरकाे १५ वटै वडामा यतिबेला औषधि लिएर स्वास्थयकर्मीको टोली समुदायमा पुगिरहेको छ । ‘विद्यालय, कारखाना, हाेटल, संस्थाका कार्यालय र टोल समुदायमा औषधि लिएर स्वास्थ्यकर्मीको टोली पुगिरहेको छ ।’ नगर स्वास्थ्य शाखा संयोजक सविता सापकोटाले भनिन्, ‘अपेक्षाकृत रुपमा नगरवासीले औषधि सेवन गरिरहनु भएको छ ।’

उनका अनुसार दैनिक ८० जना स्वास्थ्यकर्मी र ९२ जना स्वयमसेविकाको समुह निरन्तर समुदायमा औषधि लिएर पुगिरहेको छ । गत ११ गतेबाट शुरु आम औषधि अभियान २१ गतेसम्म सञ्चालन हुनेछ । नगरमा १ लाख ३३ हजार ७ सय ५३ जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ ।

प्रतिकृया दिनुहोस्