News Portal

नर्थ प्वाइन्ट स्कुलमा खेल उत्सव

रातोपोस्ट संवाददाता
११३३ पटक

मेचीनगर । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव शुक्रबारदेखि सुरु भएको छ । फागुन १९ देखि शुरु भएको खेल उत्सव प्रतियोगिता फागुन २२ गतेसम्म मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा हुनेछ ।
विद्यालयले खेल उत्सव अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको एथलेटिक्स विद्यालयको खेल मैदानमा तथा कक्षा ६ देखि १० सम्म अन्तर सदनात्मक क्रिकेट, फुटबल, भलिभल प्रतियोगिता तुर्केनी खेल मैदानमा हुने जनाइएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा निलो सदनलाई ८८ रनले हराउँदै रातो सदन क्रीकेट फाइनल प्रवेश गरेको छ । त्यसैगरी, हरियो सदन र पहेलो सदनबीच भएको दोश्रो खेलमा पहेँलो सदन ९ रनले विजयी भइ फाइनल प्रवेश गरेको छ ।
त्यसैगरी, फुटबल खेल अन्तर्गत रातो सदनलाई १–० ले हराउँदै निलो सदन विजयी भएको छ भने हरियो सदन र पहेँलो सदनबीचको खेलमा पहेँलो सदनले पेनाल्टीमार्फत जित हात पार्दै २२ गते हुने फाइनल खेल निलो सदन बिरुद्ध खेल्दैछ । २१ गते भलिभल खेल हुनेछ भने सम्पूर्ण विद्याका खेलकुदको फाइनल खेल भने २२ गते तुर्केनी खेल मैदान हुने विद्यालयका सहायक प्रधानाध्यापक विकास श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्