झापा, १९ फागुन । झापा मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । स्व रणवीर / रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुतीले अभिभावक तथा अतिथिहरु उत्साहित बनेका थिए ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक, कविता लगायतका रोचक प्रस्तुती गरेका थिए ।
कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न क्षेत्रका तीन प्रतिभालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले चरा अभियान्ता देवेन्द्र खरेल, हात्ती नियन्त्रण तथा मानव हात्ती द्धन्द व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाहगर्दै आएका हात्ती अभियान्ता शंकर लुइँटेल र समाजमा नाट्यविद्याबाट जनचेतना जगाउँदै आएकी परिवर्तन थिएटरकी संस्थापक अध्यक्ष कविता नेपाललाई सम्मान गरेको हो । विद्यालयका संस्थापक प्रिन्सिपल डम्बर रुचालको सभातित्व तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले व्यवहारीक र बैज्ञानिक शिक्षामा जोड दिए । उनले निजी विद्यालयहरुले विद्यार्थीको क्षमता विकासका लागि गरेको योगदानको खुलेर प्रशंसा गरे ।
विद्याथीको प्रतिभा देखेर उत्साहित बनेका प्रमुख अतिथि बुढाथोकीले शिक्षाको गुणात्मक सुधारको लागि नगरपालिका लागि परेको बताए । कार्यक्रमका विषेश अतिथि वडानम्बर – ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले संस्कार मुलक शिक्षा आजको आवश्यक्त भएकोमा जोड दिए । कितावी ज्ञानलेमात्र जीवन सफल नहुने बताएका वडाध्यक्ष कार्कीले अतिरिक्त क्रियाकलपका साथै कला र संस्कृति अनि पर्यावरण जोगाउने अभियानमा अविभावक तथा विद्यार्थीलाई सचेत गर्नुपर्ने दायित्व शिक्षकको काँधमा आएकोे बताए । उनले स्वस्थ्य जीवन जिउन खानपानमा समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा प्याव्सनका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले संस्थागत विद्यालयहरुले विद्यार्थीको शैक्षिक गुणस्तर र उनीहरुको क्षमता विकासका लागि चुनौतिका बाबजुत महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा प्याब्सन झापाका सचिव एच के पाठक, मेचीनगर – ३ का वडाध्यक्ष हर्क बस्नेत, २ का वडाध्यक्ष दीपक बराल, नवज्योती युवा क्लवका अध्यक्ष सुमन थापा,एनप्याब्सन मेचीनगर अध्यक्ष भगीरथ राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमकै अवसरमा विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका कक्षा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो भने भलिवल विद्यामा सक्रिय सहभागिता जनाउँदै आएका कक्षा ७, ८ का छात्राहरुलाई हौसला स्वरुप जर्सीप्रदान गरेको छ । त्यसैगरी फुटवल विद्यामा उत्कृष्ट विद्यार्थी रविन पौडेललाई जुत्ता प्रदान गरेको थियो । विद्यालयले२०७२ सालदेखि २०७८ का एसएलसी दिएका पूर्व विद्यार्थीहरुलाई मायाकाे चिनाे तथा सम्मान समेत गरेको छ ।
विजनेश स्टडी सिकाइ अन्तर्रगत विद्यार्थीहरुले लक्की ड्र कार्यक्रम समेत सञ्चानल गरेका थिए । कार्यक्रमकै अवसरमा संगीतको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कक्षा ६ का विद्यार्थी दिक्षन तामाङलाई गीतार दिएर प्रोत्साहित तथा पुरस्कृत गरेको छ । विद्यालयकी संथापक अध्यक्ष विनिता (बराइली) रुचालले स्वागत गरेकी औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक अनिल लोहारले गरेका थिए, भने सांगितिक तथा विविध कार्यक्रमको सञ्चालन कक्षा– १० का विद्यार्थीद्धाेय बसन्त राई र श्रृनिका बानियाँले गरेका थिए ।