News Portal

बाँसबारी वनमा मतगणना सुरु

रातोपोस्ट संवाददाता
३१६ पटक

झापा, २० फागुन । बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचन सम्पन्न भई मतगणना शुरु भएकाे छ । आज विहान ८:३० बजेदेखि बाँसबारी सामुदायिक वन उपभोक्ता समितिकाे परिसदमा भएकाे निर्वाचन ५:३० बजे सम्पन्न भइ अहिले मतगणना भइरहेकाे छ ।

सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि कूल ९ सय ४६ मध्ये ८ सय ४६ मत खसेको निर्वाचन समितिका संयाेजक चन्द्रप्रसाद आचार्यले बताए ।

मतगणना बेलुका ६: १० बजेबाट सुरु भएकाे छ । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको छ ।

वन समूहको १२ सदस्यीय पदमा निर्वाचन भएकाे थियाे। एकजना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूह र काँग्रेस निकट लोकतान्त्रिक समूह चुनावमा होमिएको छ । एमालेबाट अम्बिका (मैनाली) प्रसाईं अध्यक्ष पदमा उठेकी छिन् भने काँग्रेस समूहबाट भक्त तामाङलाई अगाडि सारिएको छ ।

प्रतिकृया दिनुहोस्