News Portal

माधव नेपालका भाइ सरोजको छ तला माथिबाट खसेर निधन

रातोपोस्ट संवाददाता
३६४ पटक

काठमाडौं, २० फागुन । रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका अवस्थामा उनको उपचारकै क्रममा निधन भएको हो ।

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।

पार्टीका नेता विजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्‍याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।

नेता उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

प्रतिकृया दिनुहोस्