News Portal

नेकपा (एस) झापाद्वारा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

रातोपोस्ट संवाददाता
३६७ पटक

झापा, २० फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । झापाकाे बिर्तामोडमा बसेको बैठकले आगामी जेठ भित्रमा जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हाे ।

बैठकले जिल्ला अध्यक्ष बेदराज रेग्मीको संयाेजकत्वमा अधिबेशन आयोजक कमिटी गठन गरेको जनाइएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदे १ का इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको बैठकले पार्टी केन्द्र र प्रदेशको निर्देशन अनुसार पार्टी गठन तथा पुनर्गठन अभियान सञ्चालन गर्न विभिन्न जिम्मेवारीबारे निर्णय गरेको जिल्ला उपसचिब तीर्थ सिग्देलले जानकारी दिए ।

जिल्लाका ५ वटा क्षेत्रमा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्नुमा साथै थप जिम्मेवारी दिएकाे छ । बैठकले १ नम्बर क्षेत्रमा केन्द्रिय सदस्य शारदा शर्मा, २ नम्बर क्षेत्रमा केन्द्रिय सदस्य पुष्प पोखरेल, ३ नम्बर क्षेत्रमा जिल्ला संयाेजक बेदराज रेग्मी, ४ नम्बरमा केन्द्रिय सदस्य निलमणी बराल र ५ मा केन्द्रिय सदस्य इन्द्र बुढाथोकीको संयाेजकमा कमिटी गठन गरेको छ । जसमा सम्बन्धित क्षेत्रका केन्द्रिय परिषद सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी सदस्य रहेको जिल्ला सचिब विपी भट्टराईले जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्न १३ सदस्यीय सचिवालय गठन गरिएको र १ सय ३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण गरिएको बताइएको छ । बैबकले चैत्र १७ र १८ गते जिल्ला स्तरीय प्रशिक्षण सञ्चालन गर्ने निर्णय समेत भएको छ । बैठकले अभियानका क्रममा विभिन्न पार्टी परित्याग गर्नेहरुलाई जिम्मेवारी प्रदान गर्दै पार्टी सदस्यता नविकरणका कामलाई तीब्रता दिने छ । बैठकलाई पोलिट्ब्युरो सदस्य तथा प्रदेश उपाध्यक्ष धर्म निरौला र पोलिटब्युरो सदस्य गणेश काम्बाङले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्