News Portal

बाँसबारी सामुदायिक वनको अध्यक्षमा प्रसाई निर्वाचित

रातोपोस्ट संवाददाता
६८५ पटक

झापा, २० फागुन । बाँसबारी सामुदायिक वनको अध्यक्षमा अम्बिका (मैनाली) प्रसाईं निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनबाट एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहकी प्रसाईं निर्वाचित भएकी हुन । प्रसाईले ३ सय ९३ मत ल्याएकी छिन भने प्रतिस्पर्धी भक्त तामाङले ३ सय ७५ मत ल्याएका थिए ।

यसैगरी, वनको उपाध्यक्षमा यँसाेदा डाँगी निर्वाचित भएकी छिन् । उनीले आफ्ना प्रतिस्पर्धी दिपा कटुवाललाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएकी हुन । डाँगीले ४ सय ४३ मत प्राप्त गर्दा दाहालले २ सय ६८ मत प्राप्त गरेका थिए ।

सचिव पदमा कृष्णप्रसाद भट्टराईले ३ सय ५९ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कृष्ण राजवंशीले २ सय ५७ मत ल्याएका थिए । सहसचिव पदमा नरेन्द्र राईले ४ सय ल्याइ विजयी भएका छन् भने सुरेश तामाङले २ सय ५२ मत प्राप्त गरेका थिए ।

सामुदायिक वनकाे कोषाध्यक्ष पदमा सुनिन राजवंशीले ४ सय ४५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी देवीमाया शिवाकोटीले २ सय ५२ मत ल्याएकी थिइन् । सदस्यहरुमा विमला चापागाईं, विष्णु बहादुर पन्त, भुमा भेटवाल, सुरजन कवर, मेनुका खरेल विष्ट र सागर अधिकारी निर्वाचित भएका छन् । निर्वाचनमा ५ सय ६४ जनाले मतदाता गरेका थिए । वन समूहको १२ सदस्यीय पदमा निर्वाचन भएकाे थियाे । यस अघि नै गीता कवर निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

प्रतिकृया दिनुहोस्