News Portal

एनएमबि बैंकद्वारा झापाका ९ सामुदायिक विद्यालयमा १ सय वटा डस्टबिन वितरण

रातोपोस्ट संवाददाता
२२४ पटक

झापा, २१ फागुन । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको धुलाबारीमा १ सय वटा डस्टबिन वितरण गरेको छ।

उक्त सहयोग सो समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।

सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो, साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमिरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्