News Portal

मेचीनगरमा क्षमता विकास सम्बन्धित तालिम सम्पन्न

रातोपोस्ट संवाददाता
२७४ पटक

झापा, २१ फागुन । झापाको मेचीनगरमा सञ्चालित ३ दिने क्षमता क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ । आदिवासी जनजाति समुदायलाई लक्षित गरेर वडा नम्बर- ७ स्थित किरात याक्थुड्ं चुम्लुड्ंको सभाहलमा शुक्रवारदेखी आयोजना गरिएको तीन दिने तालिम आज सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर- ७ का वडा अध्यक्ष प्रसाद मणि ओलीले प्रशिक्षार्थीहरूलाई तालिममा सिकाइका कुराहरूलाई व्यवहारमा लागु गर्दै अब्बल बन्नका लागि शुभकामना दिएका थिए ।

नेपाल आदिवासी महासंघ समन्वय परिषद मेचीनगर वडा-७ को आयोजनामा सम्पन्न तीन दिने तालिमको सहजीकरण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष भूमिका लिम्बू फियाकले सहजीकरण गरेकी थिइन् । तालिममा आदिवासी जनजाति समुदायका ६ जना पुरूष सहित ५० जना भन्दा बढी प्रशिक्षार्थी सहभागी रहेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष ओम प्रकाश खापुङ, सहजकर्ता भूमिका लिम्बू फियाक, वडासदस्य रूपा गुरूङ लगायतले मन्तव्य राखेको थिए। प्रशिक्षार्थीहरुको तर्फबाट निलम राई, मनमाया भुजेल, सबिना लिम्बू, रमेश हेमरन, सुस्मिता मुर्मुले आफ्नो सिकाईको अनुभव राखेको थिए।

संस्थाका सचिव मिनमाया लिम्बूले सञ्चालन गरेकी समापन कार्यक्रममा अध्यक्ष राम शंकर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्