News Portal

नर्थ प्वाइन्टको खेल उत्सव समापन

रातोपोस्ट संवाददाता
६९२ पटक

मेचीनगर, २३ फागुन । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव समापन भएको छ । फागुन १९ गतेदेखि शुरु भएको खेल उत्सव सोमबार समापन भएको हो ।

सोमबार अन्तर सदन छात्रतर्फ क्रिकेट, फुटबल, भलिबल तथा छात्रातर्फ भलिबलको फाइनल खेल भएको थियो । क्रिकेटतर्फ पहेँलो सदनलाई २० रनले पराजित गर्दै रातो सदनले उपाधि जितेको छ । रातो सदनबाट ४७ रन बटुलेका र १ विकेट लिएका प्रज्जवल खड्का खेलको प्लेयर अफ द म्याच र उत्कृष्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट बनेका थिए । त्यसैगरी, उत्कृष्ट बलर रातो सदनबाटै सन्दिप मैनाली, उत्कृष्ट फिल्डर हरियो सदनबाट सलिन लावती, उत्कृष्ट प्लेयर रातो सदनबाट अंकित उराँव घोषित भए ।

त्यसैगरी, छात्रा भलिबलतर्फको उपाधि पहेँलो सदनले जितेको थियो । निलो सदनलाई २–१ को सेटले हराउँदै पहेँलो सदनले उपाधि हात पारेको हो । खेलको प्लेयर अफ द म्याच पहेँलो सदनबाट नेहा कार्की तथा प्लेयर अफ द टुर्नामेन्ट निलो सदनका समृद्धि सापकोटा घोषित भइन् । छात्र भलिबलतर्फको उपाधि हरियो सदनले हात पारेको छ । रातो सदनलाई २–१ सेटले हराउँदै हरियो सदन विजयी भएको थियो । खेलको प्लेयर अफ द म्याच हरियोका सञ्जु खड्का तथा प्लेयर अफ द टुर्नामेन्ट हरियोकै मिङ्सो लिम्बु भए ।

त्यसैगरी, छात्र फुटबलतर्फ पहेँलो सदनलाई हराउँदै निलो सदन च्याम्पियन बनेको थियो । खेलको प्लेयर अफ द म्याच निलो सदनका साजन राई, प्लेयर अफ द टुर्नामेन्ट पहेँलो सदनका दिपेन सुनार, उत्कृष्ट गोलरक्षक सहदेव श्रेष्ठ र राइजिङ प्लेयर निलोकै धिरेन राई घोषित भए ।

खेल उत्सवको क्रिकेटलाई विद्यालयकी भूतपूर्व छात्रा (राष्ट्रिय महिला क्रिकेट खेलाडी काजल श्रेष्ठ तथा मिलन क्रिकेट क्लबको प्राविधिक सहयोग रहेको थियो । भलिबल खेललाई विद्यालयका खेलकुद संयोजक कमल क्षेत्री, शिक्षक लोकेन्द्र गौतमको प्राविधिक सहयोग रहेको थियो । फुटबल खेललाई विद्यालयका फुटबल कोच गोकुल रिजाल, विद्यालयका पूर्व फुटबल खेलाडी सन्तोष मोते र दिपेन सुनारको सहयोगमा सञ्चालन गरिएको थियो ।

विद्यालयले खेल उत्सव अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको एथलेटिक्स विद्यालयको खेल मैदानमा तथा कक्षा ६ देखि १० सम्म अन्तर सदनात्मक क्रिकेट, फुटबल, भलिबल प्रतियोगिता तुर्केनी खेल मैदानमा सम्पन्न गरेको थियो । विजेता खेलाडीहरुलाई २६ गते शुक्रबार विद्यालयमै वितरण गरिने सहायक प्रधानाध्यापक विकास श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्