News Portal

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपति निर्वाचनको बारेमा निर्णय हुने

रातोपोस्ट संवाददाता
२२९ पटक

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बैठक बोलाइएको हो।

प्रवक्ता मोहन श्रेष्ठले समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए। राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए।

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ। बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे निर्णय लिने बताइएको छ।

प्रतिकृया दिनुहोस्