News Portal

साहित्यकार शुभद्रा भट्टराईसहित दर्जनौं व्यक्तिहरु सम्मानित

रातोपोस्ट संवाददाता
३९१ पटक

झापा, २७ फागुन । झापाकाे मेचीनगरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराईसहित दर्जनौं व्यक्तिहरु सम्मानित भएका छन् । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य प्राज्ञ भट्टराईसहित दर्जनौं व्यक्तिहरु सम्मानित भएका हुन ।

मेचीनगर ७, गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ सदस्य भट्टराईसगैँ भारत दार्जिलीङ्गमा रहेर साहित्यमा कलम चलाउनुहुने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोबिन्द घिमिरे, हर्क बहादुर भुजेल, दिलमाया बस्नेतलाई सम्मान गरिएको थियाे ।

प्राज्ञ सदस्यसगैँ शिक्षक पेसामा आवद्ध रहेर विभिन्न सामाजिक क्रियाकलापमा सधैँ सक्रिय रहेकी छिन् । प्राज्ञ सदस्य भट्टराईलाई साहित्य र शैक्षिक क्षेत्रमा उनको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको राप्रसाद देवी ओली प्रतिष्ठानका अध्यक्ष देवी उप्रेती ओलीले बताए ।

उनीलाई नगद ५ हजार १ सय सगैँ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । यस्तै साहित्य क्षेत्रमा कलम चलाएका कमल रेग्मीलाई नगद ११ हजार १ सयसगैँ सम्मान गरिएको छ । कार्यक्रममा स्थानीय विद्यार्थीहरुलाई समेत नगद ५ हजार सहित सम्मान गरिएको छ ।

उच्च शिक्षा लिएर समाजको उन्नतीका निम्त्ति सदैव लागि पर्न आशिर्वाद दिदैँ प्रतिष्ठानले विद्यार्थी बिजय तामाङ, बिजय क्षेष्ठ, प्रजिता खनाल, कृष्टिना गौतम, निरज राउत लगायतलाई नगद सहित सम्मान गरेको हो ।

भानु साहित्य प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्ण प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न साहित्यिक कार्यक्रममा साहित्यकारहरुले सुन्दर कविता प्रस्तुत गरेका थिए ।

‘गाउँसगँ कविता’ नामक उक्त साहित्कि कार्यक्रममा साहित्यकार भिम खवास, बिनोद खनाल, संचारकर्मी केन्द्रप्रसाद भट्टराई लगायतले कविता प्रस्तुतीसगैँ शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्