News Portal

  • संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त

    रातोपोस्ट संवाददाता
    ३६ पटक

    काठमाडौं, २९ फागुन । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेताको नियुक्ति गरेका हुन्।

    पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङ अघिल्लो प्रतिनिधिसभामा पनि एमाले संसदीय दलको उपनेता थिए।

    ओलीले आइतबार एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनयन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)