News Portal

  • काँकरभिट्टामा जारी इण्डो–नेपाल भेट्रान फुटबल: सिलगुढी सेमिफाइनलमा प्रवेश

    रातोपोस्ट संवाददाता
    ४५ पटक

    झापा, ३० फागुन । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लब सुनसरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढी अन्तिम चारमा प्रवेश गरेको हो ।

    अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टिमका खेलाडिले गोल गर्न सकेनन् । पाएका थुप्रै अवसरहरु सदुपयोग गर्न नसक्दा निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा धरानलाई पाखा लगाउँदै मिलन मोर सिलगुढी अघिल्लो चरण प्रवेश गर्यो ।

    जितको लागि टाइब्रेकरमा मिलन मोर सिलगुढीको तर्फबाट किरण बर्रा, रञ्जन कयेर, विक्रम थापा र बासु दाशले गोल गरे । यता धरान भेट्रानको तर्फबाट बिष्णु सुनार र सुजित राईले गोल गरे भने, सुभास लिम्बु र चन्द्रिका प्रसाद चौधरीले गोल गर्न सकेनन् ।

    खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल किप्पर उत्तम दाश घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालजित राई र गोर्खा फाउण्डेशनका महासचिव जगत गुरुङ्गले संयुक्त रुपमा नगद तीन हजारसहित ट्रफि प्रदान गरे । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

    बुधबार हुने तेस्रो क्वाटरफाइनल खेल सौभाग्य फुटबल क्लब बुटवल र इष्ट कोलकात्ता भेट्रान क्लब भारतबिच दिनको ३ बजेदेखि हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)