News Portal

वन संरक्षण, सदुपयोग र प्रबर्द्धन गर्न पाँचपोखरी सामुदायिक वनमा स्थलगत अभ्यास

रातोपोस्ट संवाददाता
२९८ पटक

झापा, १ चैत । झापामा रहेकाे पाँचपोखरी सामुदायिक वन उपभोक्ता समिति वन संरक्षणमा जुटेकाे छ । गत फागुन २९ र ३० गते दुई दिन कार्यक्रम आयाेजना गरि वनलाई कसरी संरक्षण, सदुपयोग र प्रबर्द्धन गर्ने सम्बन्धमा उपभोक्ताहरुलाई तालिम दिएकाे हाे ।

डिभिजन वन कार्यालय झापाकाे आयाेजना तथा मेची शव डिभिजन कार्यालय धाइजनकाे संयाेजनमा उपभोक्तहरुलाई वन संरक्षण, सदुपयोग र प्रबर्द्धन गर्नेकाे लागि स्थलगत तालिम दिएकाे हाे । तालिमकाे सहजीकरण रेन्जर कुलप्रसाद भट्टराई र दिल्ली राम खरेलले गरेका थिए ।

कार्यक्रममा वनका अध्यक्ष चेतन आचार्यकाे अध्यक्षता भएकाे थियाे । वनका सचिव बविता चाैधरीले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा वनका काेषाध्यक्ष मन्दिरा दनुवारे मन्तव्य राखेकी थिइन् ।

प्रतिकृया दिनुहोस्