News Portal

  • इण्डो–नेपाल भेट्रान फुटबलमा काठमाडौं सेमिफाइनलमा प्रवेश

    रातोपोस्ट संवाददाता
    ३९ पटक

    झापा, ३ चैत । मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा फ्रिडम फाइटर युथ क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।

    काँकरभिट्टा माविको खेल मैदानमा बिहिबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भारतको डुलिजन भेट्रान फुटबल क्लब आसमलाई लाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटर युथ क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो ।

    काठमाडौं सामु कमजोर खेलेको आसमले खेलको पहिलो हापमा नै २–० ले पछि परेको थियो । काठमाडौंका राजकुमार घिसिङले खेलको २८ औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै कृष्ण शाक्य खेलको ३२ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

    दोस्रो हापको खेलमा केही सुधार गरे पनि काठमाडौं सामु आसाम कमजोर सावित भयो । आसामलाई कमजोर बनाउँदै काठमाडौंका कृष्ण शाक्यले थप दुई गोल गर्दै आफ्नो ह्राट्रिक पुरा गरे । उनले दोस्रो गोल ५५ र तेस्रो गोल ५९ औं मिनेटमा गरे । त्यस्तै खेलको इन्जुरी समयमा विकर्ण श्रेष्ठले गोल गरे । यता आसामको तर्फबाट लोट्सदेव गोगोइले खेलको ६० र ७० औ मिनेटमा व्यक्तिगत दुई गोल गरे ।

    खेलको म्यान अफ दि म्याच विजेता टिमका कृष्ण शाक्य घोषित भए । उनलाई भन्सार एजेन्ड संघ महासचिव कृष्णकान्त खनियाले नगद ३ हजारसहित ट्रफि प्रदान गरे ।

    शुक्रबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेल विर्तामोड युनाइटेड र सौभाग्य युवा फुटबल क्लब बुटवल बिच दिनको ३ बजेदेखि हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)