News Portal

काँकरभिट्टा माविले जग्गा विद्यालयकै नाममा दर्ता गर्न नगरलाई बुझायो ज्ञापन पत्र

रातोपोस्ट संवाददाता
२१४ पटक

झापा, ३ चैत । झापाकाे मेचीनगरमा रहेकाे काँकरभिट्टा माविले भोगचलन गर्दै आएको जग्गा विद्यालयको नाममा नै रहनु पर्ने मागसहितको नगरपालिकालाई पत्र बुझाएको छ ।

बिहिवार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई एक विज्ञप्ती दिदैं काँकरभिट्टा माविले भोगचलन गर्दै आएको ३ बिघा ७ कठ्ठा १७ धुर जग्गा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जमिन विद्यालयकै स्वामित्वमा रहनु पर्ने माग गरेको छ ।

विगतलामो समयदेखि राष्ट्रिय आवास कम्पनी र विभिन्न सरकारी निकायमा ताकेता गर्दापनि जमिन विद्यालयको पुर्ण स्वामित्वमा आउन नसकेको भन्दै विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष भवानी केरूङ, प्रधानाध्यापक हरि प्रसाद न्यौपानेलगायतका टोलीले नगरपालिका पुगेर पत्र बुझाएको छ ।

शो कार्यक्रममा नगरपालिकाको तर्फबाट उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारीलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्